बझाङ, २ कात्तिक । लगातारको वर्षापछि आएको बाढीले बाउलीगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ ।
पुल बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर समेत जोखिममा परेको छ ।
बाढिले सदरमुकाम चैनपुर मात्र नभएर जिल्लाका विभिन्न ठाउमा क्षति गरेको छ ।
बाढीले बिजुलीका पोल र सडक समेत बगाएको हुँदा विद्युत र जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
