सरस्वती साफरी
धनगढी, १७ असोज/कैलालीमा सञ्चालनमा रहेका विभिन्न इन्टरनेट कम्पनी र केवल टेलिभिजन नेटवर्कले नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरेबापत तिर्नुपर्ने राजश्व वर्षौदेखि तिरेका छैनन् ।राजश्व नतिरेरै टेलिकम र विद्युत पोल प्रयोग गरेको भन्दै उनीहरुले सम्बन्धित इन्टरनेट कम्पनी र टेलिभिजन कम्पनीलाई पत्राचार गरेर राजश्व बुझाउन उर्दी जारी गरिएको छ । पटक पटक पत्राचार गरे पनि राजश्व बुझाउन नआएको र व्यवस्ता गरेको नेपाल टेलिकमका कार्यालय प्रमुख सुरत बहादुर मल्लले बताए ।
‘सेवा प्रदायकको सेवा अवरुद्व हुन्छ भनेर हामीले कुनै पनि कदम चालेका छैनौ’ नेपाल टेलिकमका कार्यालय प्रमुख मल्लले भने–‘अब राजश्व बुझाउन सबैलाई पत्राचार गरिसेका छौ ।’ सबै सेवा प्रदायक कम्पनीले भाडा नतिरे आफ्नो कदम चल्ने प्रमुख मल्लले बताए । केही कम्पनीले पोल प्रयोग गरेपनि नेपाल बिद्युत प्राधिकरण र टेलिकम समेतलाई पत्तो छैन । केही कम्पनीले पोल जानकारी बिनै प्रयोग गरिरहेका छन् । उता बिद्युत प्रधिकरणले भने केही स्थानमा अनुमती बिना र भाडा नतिरेका कम्पनीको तार काट्ने काम सुरु गरेको छ ।
धेरै स्थानमा केही कम्पनीले अफिसको जानकारी बिनै पोल प्रयोग गरिरहेको पाईएकोले तार उखेल्ने अभियान समेत सुरु गरेको नेपाल विधृत प्राविधिकरण धनगढीका प्रमुख सुर्यनारायण मण्डलले जानकारी दए । सम्झौता नभएका ईन्टरनेट तथा केवल टेलिभिजन कम्पनीहरुलाई कार्वाहीको दायरामा ल्याउने बिद्युत प्राधिकरण धनगढीका प्रमुख मण्डालले बताए ।
वर्डलिकले गत आर्थिक वर्ष सम्म राजश्व तिरको भएपनि कुनै अन्य कम्पनीले बिद्यात प्राधिकरणलाई राजस्व नतरेको मण्डालले बताए । एसटिएस केबल नेटवर्क प्राली, बाबा केवल नेटवर्क प्राली, प्रभु डिजिटल लिमिटेड, टेकमाइन्स नेटवर्क प्राली, भयानेट कम्युनिकेसन प्राली, रिलायन्ट टेक्नो नेटवर्क प्रालीले कुनै पनि सम्झौता समेत नगरिएको उनले जानकारी दिइ । यि कम्पनीहरुको जुनसुकै समयमा पोलबाट तार काटिने प्रमुख मण्डालले बताए ।
उता केवल टेलिभिजन संचालकहरु भने पोलको राजस्व नतिर्ने मुडमा देखिन्छन् । ‘भाड तिदैनौ बरु, सडकमै तर राखेर सेवा दिन्छौ’ भायनेट कम्न्युकेशन प्राली धनगढीका म्यानेजर अशोक खातीले भने–‘हामीले नागरिकलाई सेवा दिईरहेका छौ ।’ आईएसपीओ एसोशियसनद्वारा विभिन्न इन्टरनेट सेवाहरु प्रदायकहरु संग समन्वय नै भएकोले अहिले कुनै कदम चाल्दैनौ प्रमुख खातीले भने ।