सरस्वती साफरी
धनगढी, १४ असोज/ धनगढीको डिभोटी चौक देखी हसनपुर सम्मको सडक बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुदा जनताले सास्ती भोग्नु परेको छ । सुुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी समेत रहेको धनगढीको सो सडक खण्डमा स्थानियले निकै सास्ती बेहोर्नु परेको छ । सडक समयमा निर्माण नहुदा समस्या भएको छ ।
‘सडक निमार्ण ढिलाईमा भएको हिडडुल गर्न समस्या भएको छ’ स्थानीय मनोज भन्डारीले भने–‘सडकका कारण धेरै दुर्घटना समेत बढेको छ ।’ यो सडक क्षेत्रमा धेरै बिद्यालय पर्ने भएकोले पनि बिद्यार्थीहरुले धेरै सास्ती बेहोर्नु परेको बिद्यार्थीहरु बताउछन् ।
सडकमा हिड्दा मानिसहरुलाई धेरै दुर्घटनामा समेत परेका छन् । पानी परेको बेला हिलोमा चिप्लने र सुख्खामा धुलोले धेरै दुर्घटना समेत भएको धनगढीका स्थानिय शमसेर चन्दले बताए । धुवाधुलोले घर वरपर फोहोर सगै बाताबरण समेत प्रदुषण भएको चन्दले बताए ।सडकमा भएको धुलो उडेर पसलमा आउने फोहोर हुने गर्दा व्यापारमा समस्याका साथै सामान किनमेल गर्न समेत ग्राहकमा मन्दि आएको व्यापारी यज्ञ तीवारीले बताए ।
सडक निमार्ण सगै बाटोको छेउछाउमा अनाश्वक निर्माण सामग्रीले पनि सडकको अबस्था अझै दयनिय भएको स्थानियहरुको आरोप छ । सडक अस्तव्यबस्त भएकाले धनगढी हसनपुर सडकमै ओहोर दोहोरकमा कमी भएकोले व्यापारमा समस्या भएको व्यापारी रविन्द्र धामीले बताए ।धनगढी हसनपुर सडक खण्ड एडिबी परियोजना मार्फत कालिका कन्ट्रक्स्नले निर्माण ठेक्का पाएको छ । अहिले निर्माण कम्पनीले ६ वटा वडामा बाटोको छोउमा नाली बनाउने काम भईरहेको निर्माण कम्पनीका प्रतिक मकाजुले जानकारी दिए ।
कोभिडको कारण काम रोकिएको र असार मसान्त सम्म सडक नाली बनाई सक्ने भने पनि जनशक्तीको अभावका कारण काम हुन नसकेको धनगढी उपमहानरपालिका वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातलीले बताए ।