काठमाण्डौ, ७ भदौ । कैलालीका एक युवक प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन्। कैलाली घर भएका उनलाई प्रहरीले काठमाण्डौंको कालीमाटी चोकमा घुस दिन खोज्दा पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार पक्राउ पर्नेमा ३२ वर्षीय चक्रबहादुर सार्की रहेका छन्। सार्कीले कालीमाटी चोकस्थित सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विरेन्द्रसिंह भाटलाई घुस दिन खोजेका हुन्।
सार्कीले मादक पदार्थ सेवन गरेर स्कुटर चलाएका थिए। सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत मापसेमा प्रहरीले कारबाही गर्न खोज्दा उनले रु ५०० दिन खाजेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
