धनगढी, २ असोज/सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्योग विकास सहजकर्तालाई इमान्दार भएर काम गर्न निर्देशन दिएका छन ।सहजकर्ताहरुले आफुहरुलाई लोकसेवामा मार्फत स्थायी रुपमा पदपूर्ति गर्न माग राख्दै आएका बेला मन्त्री धामीले प्रदेश सरकारले उद्योग सञ्चालनका लागि वितरण गरेको अनुदानका क्रममा देखिएका त्रुटीलाई औल्याएका थिए ।
‘तपाईहरु स्थायी रुपमा पदपूर्तिको माग राख्दै हुनुहुन्छ । यो सही हो तर, एकचोटी मैले तपाईहरुको पुराना गतिविधीका फाइले हेर्ने हो भने कति जना निलम्बनमा पर्नुहुन्छ’ उद्यम विकास सहजकर्ता महासंघ, कैलालीको आयोजनामा गोदावरीमा भएको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री धामीले भने –‘प्रदेश सरकारबाट सञ्चालन भएका साना तथा ठुला उद्योगहरुलाई अनुदान कार्यक्रममा दुरुपयोग गरेको पाएको छु । धेरै जिल्लामा जा“दा उद्योग सञ्चालनका लागि भनि अनुदान दिएको भन्ने पाए । उद्योगमा जादा धागो पनि छैन तर, रकम भुक्तानी गरिएको छ ।’ उनले सहजकर्ताको यस्तो प्रवृतिले प्रदेश सरकारमा पारदर्शिता र गुणस्तरमा प्रश्न उठेको बताए ।
‘अब प्रदेश सरकारले अनुदानका लागि मात्र उद्योग खोल्ने भनेर बजेट विनियोजन गर्नु हो रु’ उनले भने –‘अहिले उद्योग दर्ता हुने क्रम वर्षेनी बढेको देखे । साना उद्योग बढ्नु राम्रो हो तर, सरकार विकेन्द्रीत हु“दा यहा“ दुई थरिका उद्योग सञ्चालन हु“दैछन । एक पक्ष केही गरु भनि उद्योग दर्ता गर्दै छन भने कोही अनुदान लिनकै लागि गरिरहेका छ ।’ मन्त्री धामीले अनुदानको बजेटमा सम्झौता गर्दा उद्यारो नगर्न निर्देशन दिए ।
मन्त्री धामीले प्रदेश सरकारले अब दैनिक ज्यालामा होइन समयअनुसार ज्याला दिनेबारे तयारी गरिरहेको बताए । ‘अहिले दैनिक ज्यालादारीमा रोजगारी गरिरहेका छन । यसरी आठ घण्टा काम गर्दा पनि श्रमिक अन्याय परिरहेका छन । प्रदेशमै हामीले घण्टाको हिसावमा ज्याला दिने भन्ने तयारी गरिरहेका छौं । यसबारे प्रदेश सरकार सोचिरहेको छ’ उनले भने –‘छिट्टै ठोस निर्णय गरि ऐन, कानुन र नियमावली निर्माण गरि प्रदेशमै पहिलो पटक प्रति घण्टा ज्याला उपलब्ध गराउने कानुन ल्याउ“छौं ।’उनले पुख्र्यौली सिपहरु लोप हु“दै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘हाम्रा बाजेहरुले आफनै सिपमा कपडा सिलाउ“थे र त्यही लगाउ“थे । अहिले विदेशबाट बनेका कपडा हामी लगाउ“छौ’ उनले भने –‘कपडामात्र होइन अन्य हाम्रा बाजेका सिपहरु पुस्ता परिवर्तनसंगै हराउ“दै गएका छन । यसको संरक्षणमा पनि तपाई सहजकर्ताहरु लाग्नुहोस ।’
प्रदेश सभा सदस्य नेपालु चौधरीले प्रदेशमा रहेका आम नागरिकलाई उद्यमतिर लग्नुपर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताए । उनले उद्यमका तालिम लग्ने तर, व्यवसायिक उद्यमी भने कमैमात्र बनिरहेको बताए । उनले भने –‘तपाई उद्यमहरुले लोकसेवामार्फत स्थायी दरबन्दी गराउनुपर्ने भन्नुभएको छ । चाहन जायज हो तर, तपाईले अर्काको भर पर्ने प्रवृतिको अन्त्य गर्नुपर्छ ।’प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रदेश प्रमुख कुश्माकर भट्टले राज्यको ठुलो लगानी दक्ष जनशक्ति उत्पादनमा खर्च भइरहेको बताए । उनले भने –‘प्राविधिक सिपमा राज्यले ठुलो लगानी गरेको छ । उद्यम तालिम लिएका न्यूनमात्र अहिले व्यवसायिक उद्यमी बनेका छन ।’
महासंघका प्रदेश अध्यक्ष नरेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशभरीका सहजकर्ताको सहभागिता रहेको थियो । सो अवसरमा कैलाली अध्यक्ष नरेश साउदले सहजकर्ताको स्थायी दरवन्दीसहितका आठ बु“दे माग राख्दै मन्त्री धामी र कार्यालय प्रमुख भट्टलाई ज्ञापनपत्र बुझाएको थियो ।