बैतडी, ३० भदौ । बैतडीको पाटन नगरपालिका ६ बेडौतीमा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका उद्धव जोसीलाई प्लेन चार्टर गरी धनगढी ल्याईएको छ । दुर्घटना लगत्तै उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा डडेल्धुरा अस्पतालले धनगडी रेफर गरेको थियो । स्थलमार्गबाट ढिलो हुने भन्दै पुनः पाटन ल्याएर प्लेन चार्टर गरी धनगढी ल्याईएको हो ।
आज बिहान सवा ९ बजे दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ स्थित बेडौती भन्ने स्थानमा पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नं को जिपले र बेडौतीबाट पाटन तर्फ गइरहेको भे ७ प ४३४५ नंको मोटसाईकललाई ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना र जिप चालक घाईते भएका हुन । घाइेते जोसीलाई धनगढी रेफर गरिएको छ भने मोटरसाईकलमा पछाडी सवार पाटन ६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
घाइते पनतको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने । जिप चालक भट्टराईको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।