धनगढी, २८ भदौ ।
फारवेल फुडल्यान्डले धनगढीमा आफ्नो सेवा बिस्तार गरेको छ । अत्तरियामा रहेको उक्त फुडल्यान्डले धनगढीमा पनि शाखा बिस्तार गरेको हो ।
धनगढीको राष्ट्र बैंक चोकमा सुबिधा सम्पन्न उक्त रेष्टुरेन्टको आज एक कार्यक्रमका बिच नेपाल उधोग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले उदघाटन गरे । होटेलमा अनुभबी कालिगडहरुले पकाएका स्वादिष्ट परिकारहरुको स्वाद लिन पाइने संचालक गणेश भट्टले बताए ।
