• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

केपी ओलीको गफ, ३० महिनामा कालोपत्रे सक्ने भनेकाे सहजपुर–बोगटान सडकको बिजोग

धनगढी, २६ भदौ/ २०७५, ७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको बीपीनगरमा सहजपुर–बोगटान सडक कालोपत्रेको शिलान्यास गर्दै निर्धारित समय भित्रै काम सम्पन्न हुने भाषण गरेका थिए । ओलीका भोषण सुुनेर स्थानीयहरु ट्रयाक खुुलेको ४० वर्षपछि सडक कालोपत्रे हुने भन्दै खुुसी भए ।

तर उनीहरुको खुुसी क्षणीक मात्र भयो । तत्कालीन प्रधानमन्त्रीले गफ दिएर आफूूहरुलाई ठगेको गुुनासो उनीहरुको छ । दोस्रो पटक थपेको ६ महिनाको म्याद पनि सकिने समय नजिकै गर्दा सास्ती उस्तै छ । ‘तत्कालीन प्रधानमन्त्री ज्यूूले हेलीकोप्टरमार्फत विपीनगर पुुगेर गफ मात्रै दिनुुभयो जस्तो लाग्छ । वर्षातमा हिलो र सुुख्खायाममा धुुलो खप्नुुपर्ने हाम्रो बाध्यता उस्तै,’ कैलालीको चुुरे गाउँपालिका–३ को सहजपुुरका स्थानीय गंगाराम रिजालले भने । ठाउँ–ठाउँमा सडक माथिबाट आएका पहिरोले आवतजावत गर्न समेत मुुस्किल हुने गरेको छ भने ग्रावेलसम्म नगरिदिएको गुुनासो रिजालको छ ।

डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय विक्रान्त देउवाले आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरवाहीले गर्दा सहजपुुर–बोगटान सडकको काम ३३ महिनासम्म पनि आशा गरेअनुसार अघि बढ्न नसकेको जनाए । देउवाले तत्कालीन प्रधानमन्त्रीको भनाई अनुुसार कामले तीव्रता पाउनुुपर्नेमा विभिन्न कारण देखाएर काममा ढिलाई गरिएको भन्दै आका्रेश व्यक्त गरे । ‘मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था नै छैन । वैकल्पीक सडकहरुको अवस्था यो भन्दा झनै दर्दनाक छ,’ गुनासो गर्दै उनले भने, ‘हाम्रो समस्या कसले देख्ने ? ३० महिनामा आधा काम पनि नभएर म्याद थपिएको थियो । फेरी थप्ने कुुरा सुुनिदैछ ।’ सहजपुर–बोगटान सडक आयोजना कार्यालयले भने ठेक्का सम्झौता भएको २७ महिनापछि मात्र रुख कटान आदेश पाएकाले काममा ढिलाइ भएको दाबी गरेको छ ।

सडक आयोजना कार्यालयका प्रमुख उज्जवल श्रेष्ठले अहिलेसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ‘हामीले निर्माण व्यवसायीलाई ३० महिनाको अवधी दिएर ठेक्का सम्झौता गरेका थियौँ,’ श्रेष्ठले भने, ‘तर वन क्षेत्रको अवरोधका कारण २७ महिनासम्म र प्रतिकुल मौसमका कारण खासै काम गर्न सकिएको थिएन । अहिलेको प्रगति ४२ प्रतिशत हो । अहिले सबै अवरोध हटेकाले अर्को वर्षको फागुुनसम्म काम सकिन्छ होला ।’

निर्माण व्यवसायीले फेरी मागे एक वर्षको म्याद
कैलालीको सहजपुुरलाई डोटीको बोगटानसँग जोड्ने ५० किलोमिटर लम्बाइको यो सडक ३० महिनाभित्र सम्पन्न गर्नेगरि पिएलआर–कुमार जेभीले ठेक्का लिएको थियो । म्याद सकिएपछि गत असारमा पुनः ६ महिना थप गरिएको थियो । तर निर्माण व्यवसायीले फेरी एक वर्ष म्याद थप्न माग गरेका छन् ।

निर्माण व्यवसायीले दोस्रो पटक थपिएको समयभित्र काम नसकिने दाबी गर्दै म्याद थप्न माग गरेको सडक आयोजना कार्यालयले जनाएको छ । ‘निर्माण व्यवसायीले एक वर्ष म्याद थपका लागि निवेदन दिएका छन्,’ आयोजना कार्यालय प्रमुुख श्रेष्ठले भने, ‘हामीले माथिल्लो निकायमा लेखि पठाएका छौँ । सम्भवः थपिन्छ होला ।’

हालसम्म विपीनगर खण्डको ३ किलोमिटर कालोपत्रे गरेको आयोजना कार्यालयले अगामी असार मसान्तसम्म ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको उनी बताउँछन् । बाँकी रहेको खण्डको काम २०७९ सालको फागुुनभित्र सम्पन्न गर्न सकिने दाबी गर्दै सोहीअनुसार म्याद थपिने उनले जनाए ।

शनिबार, भदौ २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.