धनगढी, १२ भदौ । नेकपा एमाले निकट रास्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ। माहा ओमराज जोशी को अध्यक्षमा १३ जना रहने गरि गठन भएको हो। उपाध्यक्ष चन्द्र शेखर बढु, सचिब हरिश प्रकाश बोहरा, सह-सचिब मा मोहन नाथ, कोषाध्यक्ष शान्ती धामी र सह( कोषाध्यक्ष भोजराज भट्ट चयन भएका छ्न।
सदस्य हरुमा महेश गिरि,केशव नाथ,तपेन्द्र खत्री,दीपेन्द्र नाथ,मनोज महरा चयन भएका छ्न। कार्यक्रममा प्रमुख अथिती पुर्ब स्वास्थ्य, गृहमन्त्री तथा नेकपा एमाले स्वास्थ्य बिभाग प्रमुख खगराज अधिकारी ज्यु रहनु भएको थियो।
बिशिस्ट अथिती नेपाल फार्मेसी काउन्सिल तथा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ पाण्डे रहनु भएको थियोे। अथिती मा रास्ट्रिय फार्मेसी संघ केन्द्रिय अध्यक्ष क्षितिज गर्तौला,नेपाल फार्मेसी काउन्सिल का सदस्य निरज बर्तौला र अन्य प्रदेशका अध्यक्ष हरुको उपस्थिति रहेकी थियोे ।
कार्यक्रम मा बोल्दै पुर्ब मन्त्री अधिकारीले हरेक मेडिकल तथा औषधि पसलमा औषधि विक्री वितरणका लागि फर्मासिस्ट हुनुपर्ने बताउनु भयो। तर अधिकांश जिल्लाका औषधि पसलमा फर्मा्सिष्ट बिना नै औषधि विक्री वितरण हुने गरेको र त्यसलाई रोक्न तपाई हामी सबैले मिलेर अगाडि बढनु पर्ने बताउनु भयो ।
त्यसैगरि काउन्सिल का अध्यक्ष पाण्डेले सरकारले नेपालमै गुणस्तरीय औषधि उत्पादनका लागि स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गर्ने प्रतिबद्धता बजेट भाषण मै समाबेस गरेको कुरा सकारात्मक हुनुका साथै नेपाली औषधीहरुको गुणस्तरमा कुनै शंका गर्नु नपर्ने भन्दै सरकारले औषधि उत्पादन भएर जनता सम्म पुग्दा सम्मको अबधिमा सरोकार वाला सबैले औषधि भण्डारण ढुवानी लगायतको समयमा मापदण्ड अनुरुपको तापक्रममा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । साथै फार्मेसी विद्यार्थी हरुको हकहितको लागि काउन्सिल जहिले नि अभिभावक को रुपमा अगाडि रहनेकुरामा बिश्वास ब्याक्त गर्नु भयो ।
राष्ट्रिय फार्मेसी संघ नेपालले गरेको सुदूरपश्चिम प्रदेश कमिटी बिस्तार मा बोल्दै केन्द्रिय अध्यक्ष क्षितिज गर्तौला ले फर्मा्शिष्टहरुले सरकारले सबै औषधि बिक्रि वितरण हुने ठाउमा फर्मा्शिष्ट राख्नुपर्ने भन्दै जहाँ औषधि त्यहाँ फर्मा्शिष्टको नारा अघि सारेको बताउनु भएको छ । सुदूरपश्चिम रास्ट्रिय फार्मेसी संघका सबै पदाधिकारी हरुलाई बधाई तथा शुभकामना दिनु भयो।
त्यसैगरी प्रदेश नम्बर ७ का अध्यक्ष माहाओम राज जोशि का अनुसार अस्पताल फार्मेसी निर्देशिका २०७२ अक्षरस लागु गर्नुपर्ने, औषधिको उचित प्रयोग गर्नको लागि सबै सरोकार निकाय तत्पर हुनुपर्ने , प्रदेश स्तरीय औषधि व्यवस्था विभाग र फार्मेसी परिषद गठन गरिनुपर्ने लगाएत मुद्दा हरु माथि आगामि दिन मा अघाडि बढ्नु पर्ने हुदाँ सबै फार्मेसी पेशाकर्मि साथि हरु लाई मिलेर अघाडि बढ्न तयार रहन पनि अनुरोध गर्नु भयेको छ ।
गुणस्तरीय स्वास्थ्य सेवालाई प्रभाबकारी ढंगले अगाडी बढाउन र सहुलियत रुप मा स्वास्थ्य हुनुपर्ने जनता को मौलिक हकलाई सुनिश्चित गर्न फार्मेसी पेशाकर्मीहरु स्वास्थ्य सेवाको हरेक क्षत्रमा रहनुपर्ने हुदा अगामी दिनमा हरेक स्थानीय देखि केन्द्र सम्म फार्मेसी को दरबन्दी छुट्टाउनु पर्ने सचिब हरिश प्रकाश बोहरा ले भन्नू भयो।