धनगढी, १२ भदौ । बलात्कार पछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको परिवारलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।
मुख्यमन्त्री भट्टले शनिबार एक कार्यक्रमका बीच करिब दुई लाख ७० हजार बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेका हुन ।
नेपालिज एशोसियसन अफ भिक्टोरिया न्याभ र मल्टी डाईनामिक रियल स्टेट मेलबर्न अष्ट्रेलिया उपब्ध गराएको दुई लाख सत्तरी हजार आठ सय चालिस रुपैंया मुख्यमन्त्री भट्टले पिडितका आफन्तहरुलाई हस्तान्त्रण गरेका हुन ।
विकासमा सृजनशिलता नेपाल सिआईडी नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पिडित परिवारलाई हस्तान्त्रण गरिएको थियो । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको रकम हस्तान्त्रण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली भट्टले गरेका थिए ।