धनगढी, १२ भदौ । कैलालीको चुरे गाउँपालिका–५ काफलगौरामा जमिन भासिदा बस्ती जोखिममा परेको छ । गाउँको चारैतिर जमिन भासिएपछि २५ घरधुरी जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जोखिममा परेका परिवारलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
यसैगरी, सोही वडाको गोपालेमा पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मानबहादुर थामी मगर, सुरतबहादुर थापा, डम्मरबहादुर थापा, गगन धामी र मनोज राईको घर पहिरोको जोखिममा परेको छ ।
जोखिममा परेका परिवारलाई स्थानीय तहसंग समन्वय गरेर सुरक्षित स्थानमा सार्ने पहल भइरहेको जनाइएको छ । शुक्रबारको वर्षासंगै सो ठाउँमा पहिरो गएको थियो । घर नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।