धनगढी, २० साउन । कैलाली प्रहरीले जुवा खेलाउने एक होटल सञ्चालकलाई पक्राउ गरको छ। धनगढी उपमहानगरपालिका–३ स्थित एएफसी कटेजमा जुवातास खेलाउने सोही कटेजका सञ्चालक सुरेन्द्र ऐरी पक्राउ परेका हुन्।
उक्त होटलमा जुवातास भइरहेको सूचनाका आधारका प्रहरीले त्यहाँ छापा हानेको थियो। तर प्रहरी पुग्नासाथ जुवा खेलिरहेका सबैजना भागेको जिल्ला प्रहरी कार्यालयले जनाउदै आएको छ।
केही स्थानीयले भने प्रहरीले रकम असुलेर जुवाडे छाडेको आरोप लगाएका छन्। तर प्रहरीले उक्त स्थानबाट ८५ हजार नगद मात्रै बरामद गरेको जनाएको छ।
बुधबार होटल सञ्चालक ऐरीलाई पक्राउ गरिएको र बाँकी फरारको पनि खोजी गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘प्रहरी होटल पुग्दाको सीसीटीभी फुटेज ल्याइसकेका छौ, बाँकी फरारलाई पक्राउ गरेर प्रमाण सार्वजनिक गर्नेछौं,’ उनले भने।