• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

काठमाडौं । इजरायलमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागले साउन दोस्रो हप्तासम्ममा दरखस्त आह्वानका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्र भट्टराईका अनुसार नेपाली कामदारलाई इजरायल पठाउनका अहिले अनलाइन पोर्टल निर्माण भइरहेको छ । ‘केही दिनमा नै अनलाइनको काम सकिने छ । र, साउनको पहिलो वा दोस्रो सातामा आवेदनका लागि विज्ञापन गर्नेछौं,’ उनले भने ।विभागले अहिले औपचारिक रुपमा ५ सय कामदार पठाउने सम्झौता गरिसकेको छ भने अरु ५ सय जनाका लागि अनौपचारिक छलफल भइरहेको जानकारी दिएको छ ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया अघि बढाएको हो । अब नेपाल सरकारले कामदारलाई इजरायल पठाउँदा सरकारी संयन्त्रमार्फत नै पठाउने छ ।यसका लागि नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सम्झौता भएको हो । यसमा मेनपावर कम्पनीको कुनै संलग्नता रहने छैन । यसपटक लगिने कमदार ‘कियर गिभर’को रुपमा रहने निर्देशक भट्टराईको भनाइ छ ।

कामदार छनोट र भर्ना प्रक्रिया नेपालले वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एन्ड इमिग्रेसन अथरीटी ९पीआईबीए०ले गर्नेछन् । रोजगार विभागले इजरायल कामदार पठाउनका लागि छुट्टै संयन्त्रसमेत तयार पारिसकेको छ ।नेपालले कामदार पठाउने प्रक्रिया पूरा गरेपछि श्रम सम्झौता तथा कार्यान्वयन सम्झौताबमोजिम इजरायलले कमदार छनोट गर्नेछ ।

को जान पाउनेछन् रोजगारीका लागि इजरायल ? 

सरकारले तोकेको मापदण्ड पूरा गरेका व्याक्ति मात्र रोजगारीका लागि इजरायल जान पाउनेछन् । निर्देशक भट्टराईका अनुसार इजरायल जाने कामदार २५ देखि ४५ वर्षसम्मका हुनुपर्नेछ । र, ४५ केजी तौलभन्दा माथिले मात्र इजराइल जान पाउनेछन् ।तर पहिला जस्ता इजरायिली भाषा अनिवार्य पढ्नुपर्ने छैन । सामान्य अंग्रेजी जानेको मानिस पनि जान सक्नेछन् । तर, यसका लागि परीक्षा भने अनिवार्य छ । अहिले विभागले कमदारलाई परीक्षा लिनका लागि धमाधम कोर्ष बनाइरहेको जनाएको छ ।

साथै, कमदारले १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको कोर्ष वा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको हुनुपर्छ । त्यससँगै नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालीम प्राप्त गरेको व्याक्तिले आवेदन दिन पाउनेछन् ।

तर, इजरायलमा काम गरी फर्केका र बुबा, आमा, पति पत्नी, छोरा वा छोरीले इजरायलमा बसोबास वा कार्य गरेका परिवारका सदस्य भने जान पाउने छैनन् । साथै, लागूपदार्थ वा मादकपदार्थ दुव्र्यसनमा लागेका व्याक्ति प्रमाणित भएमा छनोटमा पर्ने छैनन् । इजरायल जानका लागि कामदार आफंैले लागत खर्च व्यहोर्नुपर्नेछ । कामदारको भिषा शुल्क चाहिँ सम्बद्ध रोजगारदाताले व्यहोर्ने छ भने हवाइ भाडा, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, बीमालगायतका खर्च भने कामदारले नै व्यहोर्नुपर्ने निर्देशक भट्टराई बताउँछन् ।

शनिबार, साउन ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.