धनगढी, २५ असार/बाजुराको बडिमालिकाका कृषकलाई बाँदर धपाउने यन्त्र वितरण गरीएको छ । बडिमालिका नगरपालिकाका वडाहरूको समन्वय र कृषि ज्ञानकेन्द्र बाजुराको सहयोगमा बडिमालिकाका कृषकहरूलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ ।
कृषि ज्ञानकेन्द्र बाजुराको सहयोगमा वडिमालिका नगरपालिका वडा नं २ मा ५ वटा,वडा न ३ मा १० वटा ,वडा नं ५ मा ४ ओटा, वडा नं ८ मा २ ओटा र कृषि ज्ञानकेन्द्र मार्फत ५ वटा गरि पहिलो चरणमा २५ ओटा बाँदर धपाउने यन्त्र वितरण गरिएको कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतिले बताएका छन् ।बाँदरले बर्सेनी कृषकले लगाएको बाली नालीमा क्षति पुर्याउने भएकाले त्यसको न्युनिकरणका लागि कृषकको अनुरोध र वडा कार्यालयको समन्वयमा बाँदर धपाउने यन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराको भनाई छ ।
कृषि ज्ञान केन्द्रका अनुसार पहिलो चरणमा बडिमालिकाका २५ कृषकलाई सो यन्त्र वितरण गरिएको र केही थान बाँदर धपाउने यन्त्र बाँकी रहेकाले इच्छुक कृषकले कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।