धनगढी: भायनेट संचार प्रा.लीले भायनेटका कर्मचारी र उनीहरूका परिवारकालागि घरमै स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएको छ । Health at Home ले प्रशिक्षित मेडिकल टोली र अनुभवी प्रमाणित चिकित्सक मार्फत नर्स तथा डाक्टरहरूको परामर्श प्रदान गर्ने गरी भायनेट संचार प्रालीले स्वास्थ्य उपचारको लागी सम्झौता गरेको हो ।
Health at Home भन्ने उदेश्यका साथ प्रशिक्षित मेडिकल टोली र अनुभवी प्रमाणित चिकित्सक मार्फत नर्सहरूको डाक्टरहरूको परामर्श प्रर्दान गर्दछ। Health at Home ले विशेष गरी Vianet को कर्मचारी र उनीहरूका परिवार दुबैको लागि कोभिड र अन्य स्वास्थ्य सुविधा (गैर-कोभिड ) हेरचाह प्रबन्धनको साथै घर वा काममा सबै स्थान सेवाहरू प्रदान गर्ने उदेश्य छ ।

परामर्शको माध्यमको लागि कार्यालयको फोन, ईमेल, वा ग्राहकको आवश्यकता अनुसार संचार को कुनै माध्यमद्वारा सूचित गर्न सकिने जनाएको छ । यदि कर्मचारी र उनीहरूका परिवार दुबैको लागि स्वास्थ्य सहायता र सहजताको लागि Health at Home को सम्पर्कका लागी मानव संसाधन विभाग भायनेट संचार प्रा.ली, डा. बिशाल ढकाल,ईमेल: [email protected] मा सम्पर्क राख्न सकिने जनाइएको छ ।