काठमाडौं: विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ।
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार निधन भएको परिवारले पुष्टि गरेको हो ।
कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।