धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले समयमा बुद्धि नपु¥याउँदा अक्सिजन अभाव भएको बताएका छन् ।
उनले सोमबार धनगढीमा सरोकारवालासित कोरोना रोकथामका लागि भएका कामबारे जानकारी दिन आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘हामीले समयमै बुद्धि पु(याउन सकेनौं, हामीबाट कमजोरी भयो,’ उनले भने । समयमै अक्सिजन प्लान्ट जोडेको भए अहिलेको अवस्था नआउने उनले बताए ।
‘गत वर्ष अक्सिजन चाहिएन त्यसैले बेड बनाउन लाग्यौं । अहिले अक्सिजन अभावका कारणले मृत्यु भएको छ,’ उनले भने ।
‘हामी जनताको सरकार । जनताप्रति उत्तरदायी सरकार । जनताकाबीचमा बाचा गरेर आएको सरकार । सुत्ने कुरै हुँदैन्,’ उनले भने । सुदूरपश्चिममा संक्रमितको उपचारका लागि शय्या र अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले कुनै काम नगरेको र सरकार सुतेको आरोप लाग्दै आएको छ ।
अक्सिजन अभावका कारणले प्रदेशमा धेरैको मृत्यु भएकोमा उनले दुःख व्यक्त गरे । ‘पैसाको अभाव भएको छैन । जनता बचाउन नसकेकोमा दुःख छ । अक्सिजन छैन त्यसैले सकेनौं । हामीले समयमा गरेका प्रयास असफल भए,’ उनले भने ।