• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीमा ५० शय्याको अस्थायी कोभिड अस्पताल बन्ने

धनगढी: डोटीमा ५० शय्याको अस्थायी कोभिड अस्पताल स्थापना हुने भएको छ । आइतबार सिलगढीमा आयोजित अन्तर पालिका स्तरीय समन्वय बैठकले राजपुर स्थित सेती सभा हलमा अस्थायी कोभिड अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।

निर्माण पछि प्रयोग विहीन भएको सेती सभा हलमा यस अघि पनि क्वारेनटाइनको व्यवस्था गरिएको थियो । सोही सभाहललाई महामारी नियन्त्रण नभए सम्मका लागि अस्थायी कोभिड अस्पतालमा परिणत गरिने भएको छ ।

डोटीका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, पत्रकार महासङ्घ लयागतको उपस्थिति रहेको उक्त बैठकले अक्सिजन र स्वास्थ्यकर्मी सहितको ५० शय्याको अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले अस्पताल स्थापनाका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाको संयोजकत्वमा ६ सदस्यीय विज्ञ समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ डोटीका उपाध्यक्ष अरुण बम, जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशी, नागरिक समाजका तर्फबाट अधिराज बि सी, दिसिनपाका स्वास्थ्य संयोजक गणेश बहादुर भण्डारी र पत्रकार कर्ण चन्द रहेका छन् ।

विज्ञ समितिले अस्पताल स्थापनाका लागि चाहिने पूर्वाधार, औषधि, जनशक्ति, स्वास्थ्य सामग्री र आर्थिक लगायतको रिपोर्ट तयार गर्ने छ । त्यसैका आधारमा डोटी स्थित स्थानीय तहहरूले जनशक्ति, पूर्वाधार र आर्थिक फन्ट सङ्कलन गरेर अस्पताल स्थापना गरिने छ ।

बैठकले अस्पताल स्थापना, फन्ट सञ्चालन र अस्पताल सञ्चालनको जिम्मा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसि०लाई दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजक रहेको डिसिसिएमसिमा जिल्ला स्थित सुरक्षाकर्मी, स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालका प्रमुख तथा सरोकारवाला सदस्य रहन्छन् । जिल्लाका सबै पालिकाका प्रमुखहरू त्यसको आमन्त्रित सदस्य रहने व्यवस्था छ ।

अस्पताल स्थापनाका लागि सुजंङ्ग अस्पतालले ३० वटा बेड उपलब्ध गराउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । केही बेडहरू जिल्ला अस्पतालले उपलब्ध गराउने छ । महामारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नु पर्ने अवस्था आएको बताउँदै नगर प्रमुख सिताराम जोशीले अपुग बेडहरू शिखर नगरपालिकाबाट उपलब्ध गराउने बताए ।

दिपायल सिलढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले कोभिड अस्पताल स्थापना पछि जिल्लाका कडा लक्षण देखिएका बिरामीहरूले सेवा पाउने बताइन् । महामारी तीव्र गतिमा फैलिरहेको बताउँदै उनले अस्पताल स्थापनाका लागि सहयोग गर्न जिल्ला स्थित सबै सरोकारवालालाई आह्वान गरिन् ।

केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले अस्पताल स्थापनाका लागि जिल्ला स्थित सबै पालिकाका सरकारहरू र जिल्लामा कार्यरत सबै क्षेत्रका सङ्घ संस्थाले सहयोग गर्नु पर्ने बताए । जनतालाई सहज स्वास्थ्य सेवा दिन केआइसिंह सरकार तयार रहेको बताउँदै शाहीले गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कोभिड अस्पताल स्थापना पछि सबै स्थानीय तहबाट स्वास्थ्यकर्मी खटाइनुका साथै स्वास्थ्यकर्मी र बिरामीको खानपिनको व्यवस्था गरिने छ । जिल्लामा उपचाररत बिरामीहरूलाई अक्सिजनको अभाव भइरहेको अवस्थामा बैठकले अस्थायी अस्पतालमा अक्सिजनको समेत व्यवस्था गर्ने जनाएको छ ।

 

सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.