धनगढी २९ बैशाख/सुदूरपश्चिम प्रदेश उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण देखिएको छ। बडालले स्वास्थ्यमा सामान्य समस्या देखिएपछि चेकजाँच गराउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।
बडालको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। यसैबीच आफुसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सतर्कता अपनाउन समेत उनले अनुरोध गरेकी छन्।