धनगढी: शनिवार कैलालीमा ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशाला १०३२ जनाको परीक्षण गर्दा कैलालीका ४८६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
ती मध्ये धनगढीमा मात्रै ३०३ जना संक्रमित थपिएका छन् । अन्य जिल्लामा ७ जना संक्रमित थपिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
अहिले ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा ६० जनाको उपचार भइरहेको उनले बताए ।