धनगढी, २२ बैशाख/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बिरामी परेका छन् । बिगत ४ दिन देखी मुख्यमन्त्री बिरामी भएर निवासमै आराम गरिरेहका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार भट्टलाई मौशमी भाइरल ज्वरोबाट प्रभावित भएको बताईएको छ ।
अहिले जनता कोभिड १९ले प्रभावित भएका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट निरिह भएको आरोप समेत लगाउदै आएका छन् । ‘भारतबाट सयौका सख्यामा नेपालीहरु घर फर्कीरहेका बेलामा पनि प्रदेश सरकारले स्वास्थ्य उपचारको व्यबस्था गर्न सकेको छैन’ भारतबाट फर्केका बिरबहादुर रोकायले भने–‘प्रदेश सरकारले कुनै पहल गरेको छैन ।’
