धनगढी: ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना लागेको छ । अस्तिको पीसीआर परीक्षणमा उनलाइ संक्रमण पुष्टि भएको हो ।
प्रजिअ अधिकारीले कोरोना लागेको बताए । ‘हो,मलाई कोरोना देखिएको छ । अस्ति पीसीआर गरेको थिएँ,रिपोर्ट पोजेटिभ देखियो’,उनले भने।
खोकी लाग्ने,खाना नरुच्ने, खानाको स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएपनि प्रजिअ अधिकारी अस्पताल भर्ना भएका छेनन् । बेड अभाव भएका बेला आफूभन्दा सिकिस्त बिरामीलाई प्राथमिकता दिन अस्पताल नजाने निर्णय गरेको उनले बताउ ।
‘अलिअलि खोकी लागेको छ । खाना नरुच्ने,स्वाद नपाउने जस्ता लक्षण देखिएका छन् । अस्पताल जानुपर्छ भन्ने सल्लाह थियो । तर मलाई मात्र हैन धेरैलाई समस्या छ । अस्पतालमा बेड पाउन सर्वसाधारणलाई गाह्रो परेको अवस्था छ । यस्तो बेला बरु घरमै बसेर उपचारगर्नु ठीक होला भन्ने लागेर अस्पताल गएको छैन’, उनले भने ।
प्रजिअ अधिकारीलाई कोरोना देखिएपछि आज हुने भनिएको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक भाइबरमार्फत हुने भएको छ । अधिकारीले भने,’सहायक सिडियो सापलाई पठाउने कुरा भएको छ । आवश्यक परे म पनि भाइबरबाट बस्छु भनेको छु ।”