• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुरामा झाडापखालाको प्रकोप बढ्दै, बिरामीको संख्या ८१ पुग्यो 

डडेल्धुरा– परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप बढेको छ। सुरुमा परशुराम नगरपालिका–८ कोसानखोला र धादलीफाँटामा देखिएको झाडापखाला अहिले गुप्टीगाडा भन्ने गाउँमा पनि फैलिएको छ। ती तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला देखिएको सो क्षेत्रमा ८ दिनदेखि कार्यरत सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवले बताए।

एक जना गर्भवती, ७ बालबालिका र अन्य ७३ जनालाई झाडापखाला पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए। ८ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली फिल्डमै काम गरिरहेको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए।

‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं।’ उनले उप–संयोजक धामीले भने,  ‘अहिलेसम्म ८१ जनामा झाडापाखला देखिएको छ। जसमध्ये ५ जना जोगबुडा अस्पतालमा रेफर गरिएको जानकारी आएको छ भने एक जनाको अवस्था गम्भीर छ।’

साउन २९ गतेबाट सुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए।

७३ जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाएको छ। ५ बिरामीलाई सो टोलीले जोगबुडा अस्पतालमा रेफर गरेको जनाएको छ। जसमध्ये ४ जना डिस्चार्ज भइसकेको र १ जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।

डडेल्धुरा अस्पतालले बिरामीको दिशाको नमुना परीक्षण गर्दा गम्भीर खालको झाडापखालाकै जिवाणु भेटिएको अस्पतालकले जनाएको छ

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चपागाईंले आफू बिदामा रहेको बताउँदै अहिलेसम्म जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए।

पानीको नमुना परीक्षणमा दिसामा मात्र पाइने ब्याक्टेरिया इकोलाई भेटिएकाले यसैबाट फैलिएको र बिरामी आउने क्रम जारी रहेको सादनी स्वास्थ्य चौकी प्रमुख यादवले बताए। उनले भने, ‘हैजा हो भन्ने पृष्टि भएको छ, यो नियन्त्रण बाहिर नै छ । बिरामी बढिरहेका छन्। हामी स्वास्थ्यकर्मी पाँच जना मात्र छौं।’

उनले थपे, ‘हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घन्टामै हुनसक्छ। भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ। पानी उमालेर मात्र खान सबैमा अनुरोध गर्छु।’

बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
डा. केसीका माग सम्बोधनका लागि सरकारको वार्ता टोली धनगढी आउँदै

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.