काठमाडौँ: नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २५ सयभन्दा बढी संक्रमित थपिएका छन् । शुक्रबार थप दुई हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ९५ हजार ६ सय १ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
