काठमाण्डौ ३० चैत/ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले मतदानका क्रममा हृदयाघातबाट गम्भीर भएका सुदूरपश्चिमका बरिष्ठ पत्रकार डिआर पन्तको अबस्था बुझेका छन् ।
पत्रकार महासंघको मतदानका क्रममा चैत २५ गते कञ्चपुरमा रहदा पत्रकार पन्तलाई हृदयाघात भएको थियो । शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराईरहेका पत्रकार पन्तलाई सोमबार डिस्चार्ज गरेको छ । पन्तको ६ सातापछि अपरेसन हुने अस्पतालले जनाएको छ । पन्तको अबस्थाबारे बुझ्न गएका अध्यक्ष सिग्देलले आर्थिकका कारण उपचार नरोकिने बताए । पन्तको अपरेशनका लागि लाग्ने खर्चको जोहो गर्न आफ्नो तर्फबाट सम्पुर्ण पहल गर्ने अध्यक्ष सिग्देलले बताएका छन् ।
बिरामी पत्रकार पन्तको अबस्था बारे बुझ्न नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल प्रेस युनियनका सल्लाहकार कविर राणा, नेपाल प्रेस युनियनका केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हरिश भट्ट र नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवाको टोली अस्पताल पुगेको थियो । अहिले उनकोे अबस्था सामान्य भएको छ ।