मसुरिया ३० चैत/ नयाँ वर्षको आगमसँगै मसुरिया बजार व्यबस्थापन समितिले सोमबार बजार परिसर सरसफाइ गरिएको छ ।
गौरीगंगा नगरपालिकाको मसुरिया बजार क्षेत्रमा दिनप्रतिदिन फोहर हुँदै गएकोले वातावरण स्वच्छ राख्न सरसफाइ गरिएको बजार व्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद जोशीले बताए ।
बजार क्षेत्रमा भएको फोहरले गर्दा वातावरण प्रदूर्षण हुने भएकोले बजार क्षेत्रलाई सुन्दर बनाउन हप्ता दिनमा सरसफाइको अभियान थालनी गर्नुपर्ने व्यापारी जानुका घिमिरेले समितिलाई सुझाब दिइन् ।
मसुरिया व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा काली रक्षा गण बढैपुरका नेपाली सेना,इलाका प्रहरी कार्यलय मसुरियाका प्रहरी र व्यापारीहरुको सरसफाइमा सहभागिता रहेको थियो ।
