काठमाडौं ३० चैत । वैज्ञानिकहरुले भारत र नेपालमा १५ वर्ष यताकै सबैभन्दा ठूलो डढेलो लागेको बताएका छन् ।युरोपियन युनियनको कोपरनिकस एट्मोसफेरिक मोनिटरिङ सर्भिस ९सीएएमएस० ले भारतको उत्तराखण्डमा पछिल्लो एक मिहनामा लागेको डढेलोबाट करिक शून्य दशमलव दुई टन कार्बन उत्सर्सजन भएको जनाएका छन् । यो सन् २००३ पछिकै सर्वाधिक रहेको जनाइएको छ ।
स्याटेलाइट तस्बिरहरुका अनुसार नेपालका विभिन्न वनहरुमा लागेको डढेलोबाट करिब १८ मेगा टन कार्बन उत्सर्जन भएको बीबीसीले जनाएको छ । यो सन् २०१६ पछिको सबैभन्दा ठूलो परिमाण भएको जनाइएको छ । सन् २०१६ मा २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो ।
सीएएमएसका एक वरिष्ठ वैज्ञानिक मार्क पारिङ्टनले भने, “अहिले भइरहेको डढेलोको तथ्याकंले चिन्ताजनक अवस्थालाई संकेत गरेको छ ।”भारतको उत्तराखण्ड र नेपालमा लागेको डढेलोमा परि हालसम्म २० जनाको मृत्यु भइसकेको छ । सयौं हजार हेक्टर जमिनमा आगजनी भएको छ । तर, औपचारिक तथ्यांक भने सार्वजनिक भएको छैन ।
नेपालमा वन नजिकै भएका धेरै खेती लगाइएको जमिनमा समेत आगालागी भएको स्थानीयहरुले बताइरहेका छन् । हालसम्म डढेलोलाई पूर्णरुपमा नियन्त्रणमा लिने गरि वर्षा भएको छैन् । जसका कारण डढेलो फैलिने दर बढ्नसक्ने आँकलन गरिएको छ ।
वनमा लाग्ने डढेलोलाई प्राकृतिक विपत्तिको रुपमा भने पहिचान गरिएको छैन । नेपाल सरकारले डढेलो नियन्त्रणका लागि आफूले सकेको सबै कामहरु गरिरहेको बताएको छन् । तर, पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । स्थानीयहरुले डढेलो नियन्त्रणमा सहयोग गरिरहेका छन् । – बीबीसी