धनगढी : भारतका गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गौरीफन्टा नाका हुँदै भित्रिएका ३७१ जना मध्ये ५८ जनाको ‘ऐन्टिजेन’ विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ५० पुरुष ४ महिलाको ‘ऐन्टिजेन’ विधिबाट परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको हो ।
भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा चेकजाँच गर्दा हालसम्म ८७० जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए।
अहिले नाका हुदै दैनीक सयौ नेपाली घर फर्कीरहेका छन् । भारतबाट आउनेको चैत ३ गते बाट परिक्षण सुरु गरिएकोमा हाल सम्म ३८ जनामा संक्रमण पुष्टी भइसेको छ ।