धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका – ७ का वडा अध्यक्ष भरत महरा एक स्थानिय महिला संग शंकास्पद रुपमा फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएको साता खोचलेकको एक होटेलमा महिला संग शंकास्पद रुपमा फेला परेका वडाअध्यक्ष पुन उनै महिला संग शंकास्पद रुपमा महिलाकै घरमा फेला परेका हुन ।
महिलाको घरमा वडा अध्यक्ष महरा आएको खबर पाएपछि स्थानीयहरुले वडा अध्यक्ष महरालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन ।
दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि कसैले पनि उजुरी नगरेकाले कारवाहिको प्रक्रिया भने अगाडी नबढेको जनाईएको छ ।
यसअघि वडा अध्यक्ष महरा चैत ६ गते महिलासंग शंकास्पद रुपमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वडा अध्यक्षकी श्रीमतिले नै उजुरी गरेकाले त्यो बेला पक्राउ परेका वडा अध्यक्ष पछि प्रमाण नपुगेको भन्दै छोडिएको थियो ।