महेन्द्रनगर ९ चैत/ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक सवारी साधनमा राखेर अन्य यात्रुसंगै सम्बन्धित जिल्लामा पठाएको बुझिएको छ ।
नेपाल सरकारको मापदण्ड नियम विपरित कार्यालयले चरम लापरवाही गर्दै आम जनताको स्वास्थ्य माथी खेलवाड गर्दै संक्रमितहरुलाई सार्वजनिक सवारी साधनमा राखेर पठाएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति सिद्वराज भटटर्ले जानकारी दिएका छन् ।
गड्डाचौकी नाकामा एन्टिजेन्ट परीक्षण गर्दा शनिवार बझाङका २५ बर्षका पुरुष र प्युठानका ५८ बर्षका पुरुष तथा आइतवार बैतडीको दोगडाकेदार गाउँपालिकाका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बैतडीका संक्रमितलाई आफन्तकोमा बस्ने गरी भीमदत्त नगरपादिलका १० मा राखिएको छ भने अन्य २ जनलाई सार्वजनिक सवारी साधनमा राखेर सम्बन्धित जिल्लामा पठाईएको कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति भटटले जानकारी दिए । एम्बुलेन्सको आफुहरुसंग प्रयाप्त बजेट नभएकोले सार्वजनिक सवारी साधनमा पठाइएको उनले बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुखशिवराज सुनारले संक्रमितलाई मास्क लगाएर दुरी कायम गरि पठाउन मिल्ने बताए । अहिले अस्पतालहरु त्यारी अवस्थामा नभएको भएर नै सार्वजनिक सवारी साधनमा पठाईएको स्विकार गरे । ३ जनामा कोरोना पुष्टि भए पनि नयाँ भाइरस भए नभएको परीक्षणपछि मात्रै थाहा हुने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पोजेटिभ देखिएका केशहरुमा आईशोलेसनको व्यवस्था मिलाउनु भनिएपनि कञ्चनपुरमा उक्त नियम लागु गरिएको नपाईएको हो । भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल आउनेको संख्या बढेको छ । यो सँगै कोरोना संक्रमित फेला परे कहाँ राख्ने भन्ने अन्यौलता बढेको छ ।