काठमाडौं : नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी रहेको छ ।
