धनगढी, चैत्र १/केन्द्रिय राजनीति तरंगित भएर समिकरण फेरबदल भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकार पनि अन्यौलमा छ।
माओवादी केन्द्रले संघीय सरकारमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाएपनि सुदूरपश्चिम प्रदेशमा भने दोस्रो दल बनेको माओवादीले नै सरकारको नेतृत्व गरिरहेको छ।
यस्तै चैत ३ गते बस्ने प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टीसँग मिलेर नेकपा एमालेले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको चर्चा समेत चल्न थालेको छ।
यसो हुँदा अविश्वासको प्रस्ताव पारित गरेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने दाउपेच सुरु भएको बताइएपनि उसका प्रदेशसभा सदस्यहरुले भने अहिलेसम्म सो विषयमा छलफल नभएको बताइरहेका छन्।
एमालेका एक प्रदेशसभा सदस्य भन्छन्, ‘अविश्वासको प्रस्तावका सन्दर्भमा पार्टीभित्र अहिले नै छलफल भएको छैन।’
यद्यपी एमाले र जनता समाजवादी पार्टीका केन्द्रीय कमिटिबाट यसप्रकारको कुनै निर्देशन प्राप्त नभएको बताइएको छ।