• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा यसरी भएको थियो एमालेका कार्यकर्ता बीच झडप ?

धनगढी २७ फागुन/सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि देशभर पार्टी कार्यालयको नाम परिवर्तन तथा स्थापना गर्ने कार्य तिब्र छ । पार्टी कार्यालय स्थापना गर्न माओवादी केन्द्रभन्दा एमाले अगाडि देखिन्छ । एमालेमा पनि ओली समर्थित नेता कार्यकर्ता बढी हौसिएका छन् ।

सुदूरपश्चिमका सबै जस्तो जिल्लामा मंगलबार नै एमाले कार्यालय स्थापना तथा नाम परिर्वतन सम्पन्न भएको छ । प्रदेशको स्थायी मुकाम धनगढीमा रहेको पार्टीको कार्यालयमा ओली पक्षका नेता कर्णबहादुर थापाकै सहभागितामा नेपाल कम्युनिस्ट पार्टी एमाले लेखिएको ब्यानर टाँगिएको थियो । उनी पार्टी एक हुनुभन्दा पहिले एमालेमा प्रदेशको उप–संयोजक भूमिकामा थिए । पार्टी एक भएपछि उनी प्रदेश अध्यक्षको भूमिकामा थिए ।

प्रदेशका सबै जिल्लामा एमालेले पार्टी कार्यालय उद्घाटन गरिसकेपछि बुधबार प्रदेशको पार्टी कार्यालय पनि सञ्चालनमा ल्याउने उनीहरूको तयारी थियो । पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा एमालेमा देखिएका दुई पक्ष माधव र ओली समर्थित नेता कार्यकर्तामा समन्वय हुन सकेको छैन ।

कैलाली पार्टी कार्यालय पनि ओली समर्थित नेता कार्यकर्ताकै सहभागितामा सञ्चालमा ल्याइएको थियो । माधव समर्थित ढिलो गरी त्यहाँ पुगेका थिए । सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालमा भने बुधबार माधव समर्थित नेता कार्यकर्ताहरू अगाडि पुगे ।

उनीहरूले नेपाल कम्युनिस्ट पार्टी ९एमाले० लेखिएको ब्यानर टाँग्दै पार्टी कार्यलय सञ्चालमा आएको सामाजिक सञ्जालमा सार्वजनिक गरे । उनीहरूले सार्वजनिक गरे लगत्तै ओली समर्थित नेता कर्णबहादुर थापाको नेतृत्वमा एक टोली त्यहाँ पुग्यो । उनी बिहान ११ बजे प्रदेश पार्टी कार्यालयमा पुगेका थिए । उनी त्यहाँ पुग्दा गेट बन्द थियो । कैलालीको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा सुरक्षाकर्मी खटिएका थिए ।

थापा पार्टी कार्यालय पुग्ने उनलाई प्रहरीले रोक्न खोज्यो । उनलाई रोक्न खोजेपछि थापाले प्रहरी प्रशासनदेखि मन्त्रालयसम्म फोन गरे । त्यसपछि थापाको नेतृत्वमा आएको टोली पार्टी कार्यालयभित्र गएर भीम रावल र भानुभक्त जोशीको कार्यकक्षबाट उनीहरूका नेम प्लेट पछारे ।

त्यहाँ उनी समर्थित नेता कार्यकर्ताले रावलको ठाउँमा लेखराज भट्ट र भानुभक्तको ठाउँमा कर्णबहादुर थापाको नेम प्लेट झुन्ड्याए । त्यसविरुद्ध माधव समर्थित कार्यकर्ताले नयाँ राखिएको नेम प्लेट हटाएपछि झडपको स्थिति पैदा भएको हो ।

माधव समर्थित नेताहरूले नेम प्लेट हटाउँदा विवाद भएको जनाएका छन् । ‘अदालतले पार्टी एकृकीत हुनुभन्दा पहिलेकै ठाउँमा पुर्‍याइ दिएको छ ।’ माधव समर्थित नेता दीपक सिंहले भने । ‘अहिले कहाँबाट प्रदेशको नयाँ इन्चार्ज, अध्यक्ष आए ।’ नेकपा पार्टी एकीकृत हुनुभन्दा पहिले एमालेमा सुदूरपश्चिम प्रदेशको इन्चार्जका भीम रावल थिए भने अध्यक्ष भानुभक्त जोशी हुन् ।

माधव समर्थितले लगाएको बोर्डलाई हटाएर अहिले ओली पक्षले नयाँ बोर्ड लगाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने प्रदेश कार्यालयको उद्घाटन गर्ने भन्ने कुरा जानकारी आएको बताए । त्यसै अनुसार कार्यालयमा सुरक्षाकर्मी खटाएको उनले जानकारी दिए ।
कार्यालयमा झडप भएपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.