धनगढी, २६ फागुन/प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो।
अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। बैठक सुरु हुनुअघि नै संसद् भवन नयाँ बानेश्वर पुगेका उनी करिब १० मिनेट बसेर बाहिरिएका थिए।
पुनःस्थापनापछि पहिलोपटक फागनु २३ गते बसेको बैठकमा कांग्रेसले अवरोध र नेकपा प्रचण्ड(माधव पक्षले बहिष्कार गरेको थियो।