• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

गेटा मेडिकल कलेजको टेन्डर प्रक्रिया विवादित, मिलेमतोको गन्ध

"प्रोजेक्ट इन्चार्ज भन्छन् - छिटो र समयमै काम गराउनका लागि यो प्रावधान राखिएको हो, कुनै मिलेमतो छैन "

धनगढी, माघ २६/ सुदूरपश्चिमको स्वर्णिम सपना गाँसिएको गेटा मेडिकल कलेजको निर्माण कार्य भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना भनिएको गेटा मेडिकल कलेजको भवन संरचना निर्माणमा मात्रै मुलुकको साढे तीन अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।

वर्षौंदेखि प्रतीक्षारत सुदूरपश्चिमका करिब ३० लाख बासिन्दाको स्वास्थ्य तथा चिकित्सा शिक्षा, सेवा, रोजगार र आर्थिक समृद्धिमा दूरगामी टेवा पुर्‍याउन सक्ने सुन्दर सपनाको परियोजना सञ्चालनका लागि भवन निर्माणको काम भइरहेको छ ।

हालसम्म ठेक्का प्रक्रियामार्फत् विभिन्न आठवटा ठेकेदारहरुले भवन निर्माणको कामलाई तीव्रता दिइरहेका छन् । हाल मेडिकल कलेजको भीआईपी भवन, ब्वाइज र गर्ल्स होस्टेल बनाउनका लागि नयाँ टेण्डर आह्वान गरेको छ । मेडिकल कलेज इन्फ्रास्टक्चर कन्सट्रक्सन डेभलपमेन्ट कमिटी ९एमसीआईसीडीसीले माघ १६ गते खोलेको टेण्डर अहिले विवादित बनेको छ ।

एनसीबीरएमसीआईसीडीसीरभीक्यूएचर – ०७७/०७८(०२ टेण्डर बीड नम्बरको आह्वान गरिएको टेण्डरमा दुईवटा सर्टिफिकेट माग गरिएका कारण विवादित बनेको हो । ७८ करोडमा आह्वान गरिएको टेण्डरमा दुईवटा सर्टिफिकेट माग गरिएकोप्रति निर्माण व्यवसायीहरुले अहिलेको टेण्डर आह्वान नै गलत मनसायबाट भएको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि आठवटा टेण्डर आह्वान गर्दा एउटा मात्रै सर्टिफिकेट माग गरिए पनि अहिले केही सीमित निर्माण व्यवसायीहरुलाई ठेक्का दिनका लागि एमसीआईसीडीसीले मिलोमतो गरेको उनीहरुको आरोप छ ।

यसअघि एक अर्बभन्दा बढीको मेडिकल कलेजको मुख्य भवन निर्माणका लागि टेण्डर खुल्दा पनि एउटामात्र सर्टिफिकेट माग गरिएको उदाहरण दिँदै निर्माण व्यवसायीहरुले अहिले त्योभन्दा कम मूल्यका लागि दुईवटा सर्टिफिकेट माग हुनु आपत्तिजनक भएको बताएका छन् ।

एमसीआईसीडीसीले माघ १६ गते गरेको टेण्डर आह्वानमा १० वर्षको अवधिमा उत्कृष्ट तीन वर्षको निर्माण परियोजनामा वार्षिक निर्माण लागत कम्तिमा ५० करोड हुनुपर्ने र १० वर्षको अवधिमा ६२ करोडको आरसीसी भवन परियोजना निर्माण सम्पन्न गरेका दुई वटा सर्टिफिकेट हुनुपर्ने उल्लेख छ ।

यसअघि टेण्डर आह्वान गर्दा एउटा मात्र सर्टिफिकेट माग गरिएकोमा हाल दुईवटा सर्टिफिकेट माग्नु गलत भएको निर्माण व्यवसायी महासंघ स्रोतले बताएको छ । नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट अनुसार दुईवटा सर्टिफिकेट माग्न सकिने अवस्था नभएको महासंघ स्रोतले जनाएको छ ।

नाम नखुलाउने शर्तमा मेडिकल कलेज संरचना निर्माण विकास समितिका एक अधिकारीले टेण्डर नै कुनै निश्चित व्यक्तिलाई लक्षित गरि आह्वान गरिएको बताएका छन् । उनले भने, “टेण्डर आह्वान गर्नुअघि नै केही सीमित निर्माण व्यवसायीसँगको छलफल गरिएको र कसलाई दिने भन्ने कुरामा समेत मोटामोटी छलफल भइसकेको छ । त्यसकारण यो दुईवटा सर्टिफिकेट हुनुपर्ने प्रावधान राखिएको देखिन्छ ।”

उनले नियमले यस्तो काम गर्न नमिल्नेसमेत दाबी गरेका छन् । तर, एमसीआईसीडीसीका कार्यकारी निर्देशक भीमबहादुर साउदले अनुभवी निर्माण व्यवसायीहरु टण्डर प्रक्रियामा आउन् भन्ने उद्देश्यले यो प्रावधान राखिएको बताएका छन् ।

उनले भने, “म प्राविधिक व्यक्ति होइन । तर, यसअघि खोलिएका टेण्डरहरुमा समयमा काम नसक्नेजस्ता प्राविधिक समस्या देखिएका कारण समयमै र छरितो ढंगले काम सम्पन्न गराउने उद्देश्यले यो प्रावधान राखिएको हो ।”

फागुन ६ गतेका लागि प्रि–बिड बैठक बोलाइएको छ । उक्त बैठकमा विवादित विषय र अन्य विविध कुराहरुमा छलफल गर्न सकिने कार्यकारी निर्देशक साउदले बताएका छन् ।

त्यसैगरि गेटा मेडिकल कलेजका प्रोजेक्ट इन्चार्ज सिभिल इन्जिनियर पवन रावलले सन् २०८० भित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने गरि खोलिएको ठेक्कामा कुनै मिलेमतो नभएको दाबी गरे । उनले भने, “अनुभवी व्यक्ति नै आउन् भन्ने उद्देश्यले हामीले यो प्रावधान राखेका छौं । नियम अनुसार नै टेण्डरमा यस्तो प्रावधान राखिएको हो । यसमा कुनै मिलेमतो भएको छैन । किन यसलाई विवादित बनाइएको हो भन्ने बुझ्न सकेका छैनौं ।”

निर्माण व्यवसायीहरुले फागुन १७ गते मध्यान्ह १२ बजेसम्म टेण्डर भरिसक्नुपर्ने बताइएको छ ।लेखाजोखा न्युज

सोमबार, माघ २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.