धनगढी १४ माघ/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डाक्टर भिम रावलले जनप्रदर्शनमा होमीन युवाहरु लाई निर्देशन दिएका छन् । धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा प्रदेशका युवाहरुको भेलालाई सम्बोधन गर्दै रावलले असंवैधानिक प्रतिगमनका विरुद्ध युवाहरु एकताबद्ध भएर लाग्न निर्देशन दिएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता धेरै दिन नटीक्ने भन्दै देशका हरेक आन्दोलन सफल पार्न सुदूरपश्चिमको महत्वपुर्ण भुमिका रहेको भन्दै रावलले भने–सुदूरपश्चिमले धेरै क्रान्तीकारी योद्धा जन्माएको छ, एकपटक पुनः प्रतिगमनका विरुद्ध क्रान्ती गर्ने बेला आयो।
रावलले १७ गतेको कार्यक्रम लक्षीत गर्दै भने– १७ गते सुदूरपश्चिमका जनताको विशाल प्रर्दशनले काठमान्डौ थर्कमान हुन्छ, लाखौं जनताहरुले प्रदर्शनमा आउछन्, ।
धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागी नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तिव्र पारेको छ ।

