काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले पहिलो चरणअन्तरगत साउन ३१ देखि भदौ ६ सम्म तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिए । उनकाअनुसार साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा ५ नम्बर प्रदेशस्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन हुन लागेको हो ।]
प्रशिक्षणकालागि कांग्रेसको सांगठनीक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषयहरु राखिएका सचिव आचार्यले बताए । प्रशिक्षणको मूल लक्ष्य कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय सम्पर्क राख्ने भन्ने रहेको उनले बताए ।