• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दार्चुला–तिंकर सडकका लागि दुई ठाउँमा क्याप बनाउँदै सेना

धनगढी,माघ ११/दार्चुला–तिंकर भञ्जाङको सडकखन्ड निर्माण तालिका केही पर धकेलिएको छ । आर्थिक वर्ष ०७७र०७८ मा निर्माण सुरु गर्ने भनिएता पनि परामर्शदाताको छनोट समयमा नै हुन नसक्दा काम पर सरेको हो ।

महाकाली करिडोरको बृहत् योजनाको एउटा पाटो दार्चुला–तिंकर सडकखण्ड ८७ किलोमिटर लामो छ । २४ वैशाख ०७७ मा मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई सो सडकखण्ड बनाउने जिम्मा दिएको थियो ।

सडकखण्ड निर्माणका लागि पहिला डीपीआर गर्नुपर्ने र डीपीआरका लागि परामर्शदाता छनोट गर्नुपर्ने हुन्छ । परामर्शदाता छनोट गर्दा अनुमानभन्दा बढी लागत लागेपछि कार्यक्रम रद्द भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनले १४ पुसमा फेरि बोलपत्र आह्वान गरेको र बोलपत्र आएपछि मात्र परामर्श दाता छनोट भई डीपीआर बन्ने हुँदा काम केही ढिलो हुने बताए ।

अहिले भने सेनाले सडकखण्ड निर्माणको लागि स्थान छनोट गरी दुुई ठाउँमा क्याप बनाउँदै छ । सेनाले दार्चुलाको सुन्सेरामा पहिलो क्याप राख्नेछ । यस्तै, त्यहाँबाट चार किलोमिटरको दूरीमा कोठेधार भन्ने ठाउँ छ, जुन ८७ किलोमिटरको सुरुवाती प्वाइन्ट हो । कोठेधारको १८ किलोमिटर पर दुम्लिङ भन्ने ठाउँ छ, त्यहाँ अर्को क्याम्प बन्दै छ ।

पाँच करोड ५० लाख रुपैयाँ बजेट रहेको उक्त सडकखण्डका लागि सेनाले ट्रयाक मात्र खन्ने र सडकको निर्माण ०७८र७९ मा सडक विभागले गर्ने प्रवक्ता पौडेलले बताए । उनले भने, “बाटो बनाउन विस्फोट गराउनुपर्ने भएकाले नै सो सडकखण्डको निर्माण सेनालाई दिएको हुुनुपर्छ ।”

मोटर बाटो नभएको तिंकरजस्तो दुर्मम क्षेत्रलाई जोड्न सो सडकखण्डको निर्माण महत्वपूर्ण छ । सो सडकखण्डले सीमा विवादमा परेका दार्चुलाका माथिल्ला भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भने समेट्दैन । भारतले गत वर्ष नयाँ नक्सा जारी गर्दै लिपुलेक, कालापनी र लिम्पियाधुरा आफ्नो भूभागमा देखाएको थियो । लिपुलेकमा सडक निर्माणसमेत गरेको थियो । त्यसैको जवाफमा नेपालले पश्चिमी सीमा दार्चुला–तिंकर सडकखन्ड निर्माण यही आर्थिक वर्षबाट सुरु गरेको हो ।

सेनाले कालापानी पुुग्न ४५० मिटर गोरेटो बाटो भने निर्माण गरिसकेको छ । ०६५ मै दार्चुला समदरमुकाम खंलगादेखि एक दशकभित्र तिंकर नाकासम्म सडक पुुर्‍याउने लक्ष्य लिइएकोमा जम्मा ४० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।

आइतबार, माघ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.