धनगढी, ९ माघ
धनगढी उप–महानगरपालिका १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका नवनिर्मित दुईवटा भवनको एक साथ उद्घाटन गरिएको छ ।
धनगढी उप–महानगरपालिकाको आर्थिक तथा प्राविधीक सहयोगमा निर्माण भएका ४÷४ कोठे दुईवटा पक्की भवनको नगर प्रमुख नृपबहादुर वडले उद््घाटन गरेका हुन ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढीका विद्यालयहरुलाई पूर्वाधार सम्पन्न बनाउदै लगिएको बताए । शिक्षा उप–महानगरपालिकाको पहिलो प्राथमिकता हो नगरप्रमुख वडले भने, गुणस्तरीय शिक्षाका लागि पूर्वाधार र दक्ष जनशक्ति आवश्यक हुन्छ । धनगढीका २६ वटा भन्दा बढी विद्यालय भवनहरु अहिले निर्माणाधिन अवस्थामा रहेको बताईएको छ । शिक्षाको विकास बिना समाज अगाडी बढ्न सक्दैन नगरप्रमुख वडले भने,‘ त्यसैले पहिलो प्राथमिकतामा शिक्षालाई राखेका छौं ।’

धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रसाद जोशीले आफुहरुको नेतृत्व निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, बाटोघाटोको विकास भएको बताए । उनले भने, ‘ पहिले र अहिले वडा नं १२ मा भएको विकासलाई तुलना गरेर हेर्न म अनुरोध गर्दछु । ’ विद्यालयका प्राधानाध्यपक प्रेम शाहीले विद्यार्थी संख्याको तुलनामा अझै पूर्वाधारको अभाव रहेको बताए । उनले भने, उप–महानगरपालिकाले थप पूर्वाधार निर्माणका लागि सहयोग गर्ने छ भन्ने आशा राखेका छौं ।