टेक सिँह धामी/ माघ ६ बैतडी/ बैतडीको सिगास गाउपलिकामा ओली समुहको नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । ओली समुहले नेकपाको अगुवा कार्यकर्ता भेला गाजरीमा सम्पन्न गरेको हो ।
सम्पन्न अगुवा कार्यकर्ता भेलाबाट बिभिन्न पार्टीमा आबद्ध १५० जनाले नेकपा प्रबेश गरेको प्रदेश कमिटी सदस्य जस्बिर बोहराले बताए ।
जिल्लाका स्थानिय तहमा ओली समुहले अगुवा कार्यकर्ता भेटघाटलाई तिब्रता दिएको छ । अगुवा कार्यकर्ता भेलामा बिघटीत संघिय संसदका बैतडीबाट प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेससभा सदस्य लिलाधर भट्ट, नेकपाका सिगास गाउकमिटी पदाधीकारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
बैतडीका सबै स्थानियतहमा कार्यकर्ता भेला सम्पन्न भएपछि जिल्ला भेलाको आयोजना गरिने बताइएको छ ।