धनगढी, १७ पुस
कोरोना संक्रमण रोकथान र नियन्त्रणका लागि बेटर बल्र्ड, कोईका र होपब्रीजले धनगढीउप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
होपबीजका सुदूरपश्चिम प्रदेश संयोजक महेन्द्र बमले नगरप्रमुख नृपबहादुर वडलाई १ हजार थान पिपिई, १ हजार थान फेस सिल्ड, १ हजार थान एन ९५ मास्क हस्तान्तरण गरेका हुन ।
नगरप्रमुख वडले अप्ठेरो अवस्थामा उप–महानगरपालिकालाई सहयोग गर्ने होमत्र्ीज संस्थालाई धन्यवाद दिए ।सुरु देखि नै होपब्रीजले धनगढी उप–महानगरपालिका संग सहकार्य गरेर काम गरेको छ नगरप्रमुख वडले भने, ‘ होपब्रीज संस्थालाई धनगढी उप–महानगरपालिकामा जहिले पनि स्वागत छ । उप–महानगरपालिका संग कोईका प्रतिनिधी माया, होपबीजका सुदूरपश्चिम प्रदेश संयोजक महेन्द्र बमको राम्रो सहकार्य गरेर काम गरेको पनि नगरप्रमुख वडले बताए ।