काठमाण्डौ १५ पुस/ नेकपा ओली समूहका नेता एवं वन तथा वातावरणमन्त्री प्रेम आलेले सडकमा जानेहरूको पतन निश्चित रहेको बताएका छन्।सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा छ। उक्त नेकपाले मंगलबार मात्र काठमाडौंसहित मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको थियो।
उत्त आन्दोलनप्रति इंगित गर्दै आलेले बुधबार भने, ‘सडकमा जानेहरू ९प्रचण्ड(नेपाल० समूहको पतन निश्चित छ।’बुधबार काठमाडौंमा आयोजित नेकपा ओली समूह सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेला तथा प्रशिक्षणमा आले नेता भीम रावलमाथि खनिए। रावल नेकपा ९प्रचण्ड(नेपाल० समूहका नेता हुन्। यी दुवै नेताको गृह प्रदेश सुदूरपश्चिम हो। आले डोटीका हुन् भने रावल अछाम।
आलेले सुदूरपश्चिममा रावलको दादागिरी नचल्ने बताए। सुदूरपश्चिमलाई गिरबन्दी राखेर रावल उपप्रधानमन्त्री बनेको उल्लेख गर्दै आलेले ‘यस पटक पनि उपप्रधानमन्त्री बनाउन भनेर रावल बालुवाटार पुगेको। तर नदिएपछि विरोधमा खनिएको’ दाबी गरे।