धनगढी, १४ पुस/ नेकपा स्थायी कमिटि सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरुलाई चोरलाई साचो दिएको बताएका छन् ।
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै रावलले काठ तस्करीमा मुछीएका सासंद प्रेम आलेलाई वनमन्त्री बनाएको बिषयलाई इंकीत गर्दै चोरको हातमा साचो दिईएको बताएका हुन ।
प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चीएको उनले बताए । प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए ।
‘पदबाट राजिनामा दिनुपर्ने अवस्थामा उल्टै मन्त्रीमण्डलको विस्तार गरे, प्रतिनिधी सभा सदस्य नभएका मान्छेलाई समेत मन्त्री बनाएर लोकतन्त्रको धज्जी उडाउने काम गरे ।’