टीकापुर १३ पुस/ सुदूरपश्चिम प्रदेश सभाका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले केन्द्रको सत्ताको लुछाचुडीको रोग सुदूरपश्चिम प्रदेशमा पनि सल्केको आरोप लगाएका छन् । नेपाली काँग्रेस कैलालीको क्षेत्र नम्बर १को क्षेत्रिय कार्यसमितिले सोमबार टीकापुरमा आयोजना गरेको बिरोध सभामा बोल्दै सरकारको फेरबलदलको रोग सुदूरपश्चिममा पनि सुरु भएको बताए । सुदूरपश्चिम प्रदेशमा नेकपाको स्पष्ट बहुमत हुदा पनि पनि त्यसलाई समाल्न नसकेको आरोप लगाए ।
अहिले सुदूरपश्चिम प्रदेशमा सांसदहरु नेकपाका दुई गुटले खरिदबिक्री गरिरहेको बताउदै जनताले दिएको जनादेशको बलात्कार गरेको आरोप लगाए । नेता रावलले सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री फेरबदल गरी गुटगदकै पक्षमा लागेको समेत खुलासा गरे । कम्न्युष्टले देश हाक्न नसक्ने बताउदै अबको निर्वाचनमा जनताले काँग्रेसलाई मत दिएर देश डुब्नबाट बचाउन अनुरोध गरे । उनले नेकपाको सरकार नालायक, असफल, जनता बिरोधी, नेपाल बिरोधी भएको संज्ञा दिए । नेकपाको सरकार जनता माझ धोकेबाज पुष्टि भएको बताउदै भने–‘यस्ता बिरोध र र्याली सुरुवात मात्र भएको र अब नेपाली जनताले एकजुट भएर नेकपाको बिकल्प खोज्नुपर्छ ।’
केपी ओलीको सरकारले बहुमतबाट हामीले जे पनि गर्न पाउछौ भन्ने ठान्यो, यो सरकारले एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन। यो सरकारको मतियार राष्ट्रको अविभावक मानिने राष्ट्रपति समेत गद्दार भएको उनले आरोप लगाए। यस्ता गद्दार र असफल सरकारलाइ चाडो बिदाइ गर्न काङ्ग्रेसले आह्वान गरेको उनले बताए। ‘राष्ट्रपतिले प्रधानमन्त्रीको गैरसंवैधानिक कदममा साथ दिएर पदीय गरिमाको खिल्ली उडाए’ नेता रावलले भने–‘प्रधानमन्त्रीको गैरसंवैधानिक कदमलाई काँग्रेसले सडकबाटै परास्त गर्नुपर्छ ।’
पार्टी कार्यालयबाट निस्केको विरोध र्याली स्थानीय खड्गचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको विरोध सभालाई नेताहरुले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस पूर्व केन्द्रिय सदस्य चन्द्रसिँह भट्टराईले लोकतन्त्रको रक्षार्थ काँग्रेस सडकमा आएको बताए । उनले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्न खोजेको आरोप लगाए ।
विरोध सभामा काँग्रेस नेताहरु बुद्धीसागर चौधरी, फकिरसिँह कडायत, गंगबहादुर कुँवर, उमादेवी बादी लगायतले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले प्रधानमन्त्रीको गैरसंवैधानिक कदम विरुद्ध काँग्रेसले सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिए ।