धनगढी, पुष १३/ नेपाली काङ्ग्रेस कैलालीले निर्वाचनमा जान तयार रहेको जनाएको छ।
सोमबार क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले धनगढीमा आयोजना गरेको बिरोध सभामा बोल्दै धनगढी उप–महानगरपालिकाका मेयर तथा काङ्ग्रेस नेता नृपबहादुर वडले नेकपाको सरकार संविधान र जनताको मर्म बिपरित गएको बताएका छन्।
उनले भने,’ नेकपाको लडाइ जनताको लागि होइन, त्यो लडाइ त केवल पदको लडाइ हो’ संघीय प्रतिनिधी सभा विगठन गर्दै निर्वाचनको घोषणा गरिएको भन्दै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला आएको छ ।
हामीले गरेका काम लगेर निर्वाचनमा जान्छौ । नेपाली कांग्रेसले जनताको हक हितमा काम गर्न २ तिहाइको बहुमतको सरकार चाहिन्छ। हामीले त्यो प्राप्त गर्नुपर्छ। निर्वाचनमा जान नेपाली कांग्रेस तयार छ वडले भने।
नेपाली कांग्रेस क्षेत्र नम्बर ५ को आयोजनामा धनगढीको क्याम्पस चोकबाट सुरु भएको बिरोध र्याली ट्राफिक चौराहामा पुगेर सभामा परिणत भएको थियो।