धनगढी, १३ पुस/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनको संघारमा पुगेपछि त्यसको असर सबैतिर देखिन थालेको छ ।
नेपाल–प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शैलीमा संविधान विपरित संसद विघटन गरेको आरोप लगाएको छ भने प्रधानमन्त्री ओली पक्षले सरकारको रक्षा लागि संसद विघटन गरेको बताउँदै आएको छ । संसद विघटनपछि बझाङमा यसको प्रभाव देखिएको छ ।
यसअघि प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक रहेको ठहर गरि विरोध र्याली, राँके जूलूस गरिसकेको नेपाल–प्रचण्ड पक्षले हिजो बझाङको प्रवेशद्वार वित्थडचिर गाउँपालिकादेखी चैनपुरसम्म नारा जूलूससहित मोटरसाइकल र्यालीसहित भेला कार्यक्रम गरेको छ । विभिन्न ठाउँमा रहेका नेपाल(प्रचण्ड समूहका नेताहरु हिजो जिल्ला पुगेका छन् ।
नेकपा सुदुरपश्चिम कमिटीका सह(इन्चार्ज भानुभक्त जोशी, बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय कमिटी सदस्य देवराज रेग्मी, सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एलबी रावल, सुदुरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल, नेकपा बझाङका अध्यक्ष मिनबहादुर कुँवर हिजो जिल्ला भित्रने क्रममा मोटरसाइकल र्यालीसहित नाराजुलुस भएको हो ।
र्यालीपछि चैनपुरमा भएको कोणसभा कार्यक्रममा बोल्दै सुदुरपश्चिम सह–इन्चार्ज भानुभक्त जोशीले ओलीको देशमा मनपरि तन्त्र धेरै नचल्ने र उक्त कदम विरुद्ध अब शशक्त ढंगले विभिन्न कार्यक्रम आयोजना गर्ने बताएका छन् ।
यस्तै ओली पक्षले नेकपा पार्टी कार्यालय पानकोटमा लगाएको ताला केहिबेरमै नेपाल( प्रचण्ड समूहले फोडेको छ। बझाङमा नेपाल–प्रचण्ड पक्षधर बढी छन् ।