धनगढी, १२ पुस/नेकपामा विवाद केन्द्र हुदैँ प्रदेशस्तरमा चर्किएको बेला धनगढीमा प्रचण्ड–नेपाल समुहको जिल्ला स्तरीय भेला सुरु भएको छ । भेलामा जिल्लाभरमा नेता कार्यक्रर्ताको सहभागीता रहेको छ ।
उद्योग वाणीज्य संघ कैलालीको सभा हलमा भइरहेको कार्यक्रममा नेकपा कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोडारीलाई केही दिन अगाडीमात्रै प्रचण्ड–नेपाल समुहले कारबाही फुकुवा गर्दै अध्यक्षको जिम्मेवारीमा फर्काएको थियो ।