धनगढी, ८ पौष/ ओली सरकारका उद्योग मन्त्री लेखराज भट्टको गृह क्षेत्र गोदावरी नगर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समुहले ताला लगाएको छ ।
नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तह सम्म पुगेपछि प्रचण्ड नेपाल समुहले गोदावरीको नगर पार्टी कार्यालय कब्जामा लिएको हो ।
कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् ।
गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको ओली समूहद्धारा ताला तोड्ने प्रयास भएको छ ।