• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेकपा विभाजनको असर : चार प्रदेशका मुख्यमन्त्रीको पद धरापमा, सुदूरपश्चिममा कस्तो…?

काठमाडौं, ०८ पुष/ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा आएको विभाजनका कारण चार वटा प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीको पद धरापमा परेको छ।

प्रदेश नम्बर १ मा शेरधन राई, बागमती प्रदेशमा डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद गुमाउने अवस्था आएको छ।

प्रदेश नम्बर १ मा ९३ प्रदेशसभा सदस्य छन्। प्रदेश १ मा पूर्व एमालेले ५१ सीट जितेको थियो। त्यहाँ पूर्वमाओवादी १५, नेपाली काँग्रेसका २१, संघीय समाजवादीका ३, राप्रपा र लिम्बुवानका एक एक प्रदेशसभा सदस्य छन्।

नेकपा विभाजन भए दुवै पक्षले सरकार निर्माणका लागि आवश्यक ४७ सीट पुर्‍याउन सक्दैनन्। पूर्व एमालेका ५१ मध्ये २८ जना केपी ओली पक्षका छन्। पूर्व माओवादीका १६ तथा माधव नेपाल पक्षका २३ जना छन्। यस्तो अवस्थामा दाहाल–नेपाल पक्षले कांग्रेसको साथ लिएर सरकार बनाउन सक्छ।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि मुख्यमन्त्री पद गुमाउनुपर्ने स्थिति आएको छ। बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्यमध्ये साविक एमालेका ५७ सांसद थिए।

ओली पक्षका ३३ जना रहेका छन्। नेपाल पक्षका २४ जना छन्। पूर्वमाओवादीका १६ सांसद छन्। दाहाल–नेपाल पक्षलाई एक्लै सरकार बनाउन १६ सांसद अपुग हुन्छ। २२ कांग्रेसका सांसदको साथ लिए दाहाल–नेपाल समूहले नयाँ सरकार निर्माण गर्न सक्छ।

यसैगरी गण्डकी प्रदेशमा पनि पृथ्वीसुब्बा गुरुङको पद पनि धरापमा छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा पूर्व एमालेका २७ सांसद छन्।

ओली पक्षका २५ सांसद छन्। सरकार बनाउन ६ सांसद अपुग हुन्छ। कांग्रेसका १५ सांसद छन्। पूर्व माओवादीसित १३ सांसद छन्। नेपाल पक्षका मात्र २ सांसद छन्। सरकार बनाउन दाहाल र नेपाल समूहलाई कांग्रेस, जनमोर्चा र संघीय समाजवादीको सहयोग आवश्यक पर्छ।

यस्तै लुम्बिनी प्रदेशमा शंकर पोखरेलले पनि पद गुमाउनुपर्ने देखिन्छ। ८७ सांसद रहेको लुम्बिनीमा पूर्व एमालेका ४०,
पूर्व माओवादीका २० सांसद छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न पोखरेललाई ६ सांसद अपुग हुन्छ।

तर सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दाहाल–नेपाल समूहको बहुमत छ। त्यहाँ त्रिलोचन भट्ट र महेन्द्र शाहीको मुख्यमन्त्री पद सुरक्षित छ।

 

बुधबार, पुष ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.