धनगढी, ७ पुस/ केपी ओली सरकारले संघिय संसद विघटनको बिरोध गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलले राजनीतिक ‘कु’ गरेको संज्ञा दिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलद्वारा मंगलबार एक बिज्ञप्ती प्रकाशन गर्दै जनताले दुई तिहाई नजिकको जनमत दिएर सरकारमा पठाएको नेकपा सरकारले संसद बिघटन गर्नलाई जनमतको अभिमतको अबमुल्यन गरेको बताएको छ ।
नेपाली काँग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनमत दिए अनुसार प्रतिपक्षको भुमिका लोकतान्त्रिक मूल्य मान्यता अनुसार निर्वाह गर्दै गर्दा गर्दै आफ्नै पार्टीबाट सत्ता खचिातानीले गर्दा देश अन्धाकार तिर धकेलेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ठहर छ ।
नेकपाले सत्ताको खिचातानीमा असम्बैधानिक र गैरजिम्मेवार भै लोकतन्त्रको खिल्ली उडाएको र राजनीतिक कु गरेको भन्दै नेकपा बिचको झगडाले गर्दा देश अन्धाकारमा धकेलिने भएकोले यसलाई चाडो समस्या सामाधान गरेर देशलाई निकाश दिन समेत नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलले आग्रह गरेको छ ।
ताजा दनादेशमा जाने प्रजातन्त्रको सुन्दर पक्ष हो, तर नेकपालाई दुई तिहाईको नजिकको बहुमत समेत दिदा सो को कदर नगर्दा जनताको भावनालाई कुठाराघात गरेको काँग्रेसको ठहर छ ।